Pages

Tuesday, August 31, 2010

नायक नायिकाको पारिश्रमिक नेपाली सिनेमामा

नायकको पारिश्रमिक नेपाली सिनेमामा

लामो समयसमय चलचित्र उद्योगमा टिकीरहेका सदावहार नायक राजेश हमाल सुपरस्टारका रुपमा परिचित छन्। झण्डै १८ वर्ष अगाडि आफ्नै मामा दिपक रायमाझीको चलचित्र युगदेखि युगसम्मबाट अभिनय सुरु गरेका राजेशले पछि अरुका चलचित्र पनि खेल्न थाले।

त्यसपछि उनले चलचित्रमा खेलेबापत लिने रेट पनि बढ्दै गयो। एकसयभन्दा बढी चलचित्र खेलेका राजेशले अहिले एउटा फिल्म खेलेबापत तीनलाख रुपैयासम्म लिने गरेका छन्। उनको यो रेट चलेको केही वर्ष नै भइसक्यो। निर्माता जय प्रकाश रिजालको चलचित्र हामी तीन भाईमा काम गरेवापत राजेशले तीन लाख पारिश्रमिक लिएका थिए।

चलचित्र निशानामा राजेश चार दिनका लागि अनुबन्ध भएपनि तीन दिनमै काम सकियो। त्यसबापत उनले एक लाख ९० हजार लिए।

तीनलाख सम्म पारिश्रमिक लिने राजेश सबैभन्दा महंगा नायक भने होइनन्। उनलाई उछिनेका छन्, अहिलेका व्यस्त नायक बिराज भट्टले। भोजपुरी चलचित्रमा अभिनय गरेवापत त बिराजले आठदेखि १० लाखसम्म नै लिने गर्छन्।

नेपाली चलचित्रमा पनि उनको रेट तीनलाख भन्दा बढी छ। पछिल्लो चलचित्र ‘सलाम छ मायालाई’ मा उनले सवा तीन लाख लिए। चलचित्र खुकुरीमार्फत सिने जगतमा छिरेका मार्शल आर्टका खेलाडी बिराजले खुकरी र ‘उनको सम्झना’मा त सित्तैमा खेले।

पछि अग्नीपथ र दुर्गामा खेलेबापत क्रमश २१ हजार र ४१ हजार पाए। त्यसपछि उनले हिम्मत र जीवनदातामा झण्डै ८०/८० हजार लिएर काम गरे। देवरबाबु र किस्मतसम्म आइपुग्दा उनको रेट दुई लाख पुग्यो। नसिव र तोडमा त उनले ३ लाख २५ हजार नै लिए। अहिले उनी त्यहीं रेटमा यथावत छन्।
अर्का जल्दाबल्दा नायक निखिल उपे्रतिको रेट पनि राजेश हमालको भन्दा बढी छ। भोजपुरी चलचित्रमा १० लाखसम्म पारिश्रमिक लिने निखिलले नेपाली चलचित्रमा भने तीन लाख लिन्छन्। निशाना र भुलभए माफ गरमा उनले तीन लाख पारिश्रमिक लिए। पहिलो पटक चलचित्र पिञ्जडामा खेलेबापत नै उनले ७५ हजार पारिश्रमिक लिएका थिए। कुरुक्षेत्र र हामी तीन भाई लगायतका चलचित्रमा त उनले झण्डै एकलाख नै लिए।
नायकबाट बाटोमुनीको फूलको निर्देशन तिर लागेका दिलीप रायमाझीले चलचित्र आदिकवि भानुभक्तमा पहिलोपटक सित्तैमा खेले। उनले त्यसअघि समूहमा नाचेबापत ८ सय रुपैया लिन्थे।

त्यसपछि हिट भएको चलचित्र दर्पण छायाँमा उनले ५० हजार लिए। तर अहिले उनको रेट करिब २ लाख छ। चलचित्र निशानामा काम गरेबापत उनले एकलाख ९० हजार लिए। आफ्नै होम प्रोडक्सनमा बनेको चलचित्र माया नमारबाट आएका नायक रमित ढुंगानाले दुई लाखसम्म पारिश्रमिक लिएपनि अहिले उनको रेट घटेको छ।

चलचित्र धडकनमा रमितले ८० हजार लिएका थिए। मिसन पैसा, धुम, माया त माया हो, भुलभए भाफ गर चलचित्रमा खेलेका नायक सुरज आरडीले पचास हजारमा सहमति गरेका चलचित्रमा ८ हजार मात्रै पाएका थिए। सुरज आरडीको अहिले कुनै रेट छैन। उनी चलचित्र निर्माणमा व्यस्त छन्।

चलचित्र पर्खीबसेबाट अभिनय सुरु गरेका आशलाग्दा नायक राजबल्लभ कोइरालाले अहिले एक लाखको हाराहारीमा पारिश्रमिक लिन्छन्। अर्का नवनायक आर्यन सिग्देलले पहिलो चलचित्र किस्मतमा डे्रसको मात्र पैसा लिएपनि अहिले उनको रेट डेढलाख छ।

अर्का पुराना नायक आफ्नै चलचित्रमा व्यस्त छन्। उनले अरुका चलचित्रमा निर्माता अनुसार पैसा लिन्छन्। ७ वर्षअघि चलचित्र जिद्दीमा महंगो पारिश्रमिक लिएका भुवनले पछि चलचित्र चोर सिपाहीमा एकलाख २५ हजार लिएका थिए।

नेपाली चलचत्रिमा अहिले नवनायकको प्रवेश पनि बढ्दो छ। बिराज भट्टका आफ्नै भाई नवनायक कृष्ण भट्टले खेलेको एउटामात्रै चलचित्र सलाम छ मायालाई मा ५१ हजार पारिश्रमिक लिए। नेपाली चलचित्र उद्योग सानो छ। थोरै लगानीमा चलचित्र बन्छन्। त्यसैले नायकहरुले लिने पारिश्रमिक पनि थोरै नै छ। जुन पारिश्रमिकबाट उनीहरु सन्तुष्ट छैनन्। (श्रोत: एबीसी टेलिभिजन)

नायिकाको पारिश्रमिक नेपाली सिनेमामा

नेपाली चलचित्र उद्योगमा पारिश्रमिक आधारमा तुलना गर्दा नायकको तुलनामा नायिकाहरु बढी पिडित देखिन्छन।

नायिकाहरुले त कैयन फिल्ममा खेलेबापत पैसा नै पाउदैनन्। पाउनेहरुले पारिश्रमिक पनि नायकहरुको भन्दा कम छ। अहिलकी सबैभन्दा महंगी नायिका हुन् रेखा थापाले पनि पहिलो चलचित्र हिरोमा एकसुका पनि पाइनन्।

पछि चलचित्र अकालसम्म आइपुग्दा उनको रेट डेढ लाख पुग्यो। अहिले रेखाले एउटा चलचित्रमा दुईलाखसम्म पारिश्रमिक लिन्छिन्। आफै चलचित्र बनाउने र आफै खेल्ने समेत गरेकी रेखाले एउटा चलचित्रमा नायिका निरुता सिंङलाई लिदा पनि राम्रै पारिश्रमिक दिएको दावी गर्छिन्।

नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिचलचित्र चेतनाबाट आफ्नो अभिनय यात्रा थालेकी अर्की व्यस्त नायिका रेजिना उप्रेतीले त्यतिबेला २६ हजार लिएकी थिइन।

रेजिनाले अरु नायिका जस्तो पहिलो चलचित्रमा सित्तैमा अभिनय गर्नु परेन। पहिलो चलचित्र आफ्नो मान्छेमा अभिनय गरेवापत ५० हजार लिएकी थिइन्। तर अहिले भने रेजिनाको रेट बढेर दुईलाख सम्म पुग्ने गरेको छ। सम्बन्धका आधारमा पनि फिल्म खेल्ने भएकाले रेजिनाले कहिलेका“ही एक लाखमा नै पनि चित्त बुझाउनुपरेको छ।

सुन्दर र सदाबहार नायिका मेलिना मानन्धरले आफ्नो रेट त एकलाख २५ हजार तय गरेकी छिन्। तर उनले एउटा चलचित्रमा खेलेबापत एकलाख सम्म पाउने गरेकी छिन्।

तीनदर्जन बढी चलचित्रमा खेलिसकेकी मेलिनाले भूल भए माफ गरमा एकलाख पाएकी थिइन्। पहिलो चलचित्रमा अभिनय गरेबापत मेलिनाले जम्मा दुई हजार पारिश्रमिक पाएकी थिइन्। त्यो पनि दशैं खर्च भनेर मात्रै।

व्यस्त नायिकाकै कोटीमा पर्ने नायिका ऋचा घिमिरले अहिले एउटा चलचित्रमा खेलेबापत एकलाख २५ हजार सम्म लिने गरेकी छिन्।

नायिका ऋचाले अबदेखि चलचित्रमा मुख्य भूमिकामा मात्रै अभिनय गर्ने समेत निर्णय गरेकी छिन्।
अर्की हिट नायिका अरुणिमा लम्सालले पनि पहिलो चलचित्रमा सित्तैमा नै खेलेकी थिइन्। दोस्रो चलचित्रमा पनि उनले ५ हजार पारिश्रमिकमा चित्त बुझाउनुपर्‍यो।

३५ वटा फिल्ममा खेलिसकेकी अरुणिमाले भोजपुरी चलचित्रमा खेलेबापत २ लाख लिने गरेकी छिन्। नेपाली चलचित्रमा पनि उनले आफ्नो रेट दुई लाखसम्म भएको दावी गर्छिन्।

२०६५ सालमा श्याम भट्टराईसंग पारपाचुके गरेपछि एक्लो जीबन बिताइहेकी नायिका रञ्जना शर्माले सुरुमा कैयन चलचित्रमा सित्तैमा खेलिन्। तर अहिले भने प्रत्येक फिल्ममा ५० हजारसम्म लिन्छिन्।

करिव ५ बर्ष अघि नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका नन्दिता केसीले झण्डै दुई दर्जन चलचित्रमा अभिनय गरेकी छिन्। उनको अहिलेको रेट ५० हजार छ।

चलचित्र निशानामा खेलेबापत उनले ५० हजार पाएकी थिइन्। कुनैबेला व्यस्त र महंगा भनिने नायिकाहरु करिश्मा मानन्धर र निरुता सिंह अहिले चलचित्रमा देखा पर्न छाडेका छन्।

उनीहरुको रेट त्यतिबेला पनि डेढलाख थियो। तर कमाई राम्रो नर्भएका कारण करिस्मा अमेरिकातिर हान्निइन् भने निरुता पनि अरु कामतिर लागिन्। नायकहरुको भन्दा कम पारिश्रमिक पाउने र आर्थिक शोषण हुनेगरेकाले नायिकाहरु नेपाली चलचित्र उद्योगमा लामो समय टिक्न सकेका छैनन्। (श्रोत: एबीसी टेलिभिजन)

No comments:

Post a Comment

awsurveys